७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता संयोजन समिति बन्ने, यौटै घोषणापत्रमा चुनाव लड्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच यौटै घोषणापत्रबाट चुनाव लड्ने सहमति भएको छ ।

हात्तिवनस्थित एक घरमा दुई अध्यक्षबीच आज भएको छलफलमा एकै घोषणापत्रमार्फत चुनाव लड्ने सहमति भएको हो ।

दुई पार्टीबीच पार्टी एकता संयोजन समिति बनाउने सहमति पनि भएको छ । एकीकृत समाजवादीले यसअघि नै माओवादीसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने निर्णय गरिसकेको छ । छलफलमा छिट्टै पार्टी एकता गर्ने सहमति भएको छ ।

छलफलमा माओवादीको तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  २ : १३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११