१ पुस २०८२, मंगलबार | December 16, 2025

बैशाखमा निर्वाचन हुनै सक्दैन : कांग्रेस महामन्त्री कोइराला



कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान नै च्यातेको आरोप लगाउँदै महामन्त्री कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने बताका हुन् ।

संविधानको रक्षा गर्नु नै नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको कोइरालाले बताए । ‘नेपाली कांग्रेसको नेतृत्वमा निर्माण गरेको सविधान कार्यान्यवन गर्ने र रक्षा गर्ने काम पनि नेपाली कांग्रेसको काँघमा रहेको छ’, कोइरालाले भने ।

नेपाल प्रेस युनियन नवलपरासी पुर्वको आयोजनामा शुक्रबार कावासोतीमा भएको सुर्यभक्त अधिकारी पतनादेवी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसले गरेको विरोध कार्यक्रमहरु संविधानको रक्षा लागि भएको बताए ।

‘नेपाली कांग्रेस कत्ति पनि डराउने वाला छैन चुनावको डटेर सामना गर्छ’ कोइरालाले भने, ‘तर बैशाखमा चुनाव हुन सम्भव छैन ।’ ‘ चुनाव जहिले भएपनि कांग्रेस पहिलो पार्टी हुने उनले दाबी गरे ।

अहिले भएको संसद विघटनको विरोध गर्नुको कारण संविधान माथि कुठाराघात भएको र त्यसको संरक्षण गर्ने कर्तव्य नेपाली कांग्रेसको भएको उनको भनाइ थियो । संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताउदै कोइरालाले संसद पुनःस्थापनका लागि काङ्ग्रेस एक्लै भएपनि लड्ने बताए ।

कार्यक्रममा यस वर्षको सुर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेललाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशी २५ हजार रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : ०५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज