१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

एक्सपर्ट मिडियाकप भलिबल प्रतियोगिताको उपाधि आयोजक लुम्बिनी टेलिभिजनलाइ



बुटवल । लुम्बिनी सामुदायिक टेलिभिजनले आयोजना गरेको एक्सपर्ट मिडियाकप भलिबल प्रतियोगिताको उपाधि आयोजक आफैले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा बुद्ध टेलिभिजनलाई २ शुन्यको सोझो सेटमा पराजित गर्दै लुम्बिनीले उपाधि जित्न सफल भएको हो । उपाधिसंगै आयोजक लुम्बिनी टेलिभिजनले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बुद्ध टेलिभिजनले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै राज्य टेलिभिजन तृतीय हुंदै नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा ग्लोबल आवाज सान्त्वना भएको छ । प्रतियोगितामा अन्तिम चारमा पुग्ने टिमले जर्सि समेत प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी लुम्बिनी टेलिभिजनका गोविन्द घर्ति भएका छन ।

त्यस्तै लुम्बिनीकै विष्णु घिमिरे उत्कृष्ट स्पाईकर, दिपु मगर उत्कृष्ट सेटर, अनुशासित खेलाडी विकास पराजुली र बुद्ध टेलिभिजनका दिनेश श्रेष्ठ उत्कृष्ट व्लकर हुंदै कप मेडल र नगद १ हजार पुरस्कार प्राप्त गरेका छन ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिम तथा उत्कृष्ट खेलाडीहरुलाई लुम्बिनी टेलिभिजनका अध्यक्ष एजाज आलम, प्रतियोगिताका प्रायोजक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कप, मेडल प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।

टेलिभिजनका अध्यक्ष एजाज आलमको अध्यक्षता तथा महासचिव दिनेश पाण्डेको संचालनमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत केसीले संचारमाध्यम तथा संचारकर्मीबीच हुने मैत्रीपूर्ण प्रतियोगिताले सामीप्यता बढाउने बताए । खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुदको विकासको लागि र मिडियाकर्मीहरुको रिफ्रेसको लागि पनि समयसमयमा यस्ता प्रतियोगिता हुन जरुरी रहेको बताए ।

तिलोत्तमा २ योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा दुईदिनसम्म चलेको प्रतियोगितामा रुपन्देहीका १३ सञ्चार संस्थाहरुको सहभागिता रहेको खेल संयोजक विकास पराजुलीले बताए । प्रतियोगिताको विहीबार लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ०७ बजे

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको

युएई आक्रमणमा नेपाली युवाको मृत्युमा गगन थापाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको