१ पुस २०८२, मंगलबार | December 16, 2025

ट्रिपरको ठक्करबाट बर्दियामा १ जनाको मृत्यु



बर्दिया । बर्दिया ठाकुरबाबा नगरपालिका ५ शाहिपुरमा ट्रिपरको ठक्करबाट मोटरसाईल चालकको मृत्यु भएको छ । साँझ ६ः५० बजे भुरिगाँउबाट ढोढरी जाँदै गरेको ट्रिपरले बिपरित दिशाबाट आउंदै गरेको मोटरसाईकललाई ठक्क्र दिंदा मोटरसाईकल चालक कोहलपुर नगरपालिका ८ का नवराज बुढाथोकीको मृत्यु भएको हो ।

भे १ क १४ ८८ नम्बरको ट्रिपरले भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक बुढाथोकीलाई लिंकरोडको बिच्चैमा ठक्कर दिएको थियो । बुढाथोकीको उपचारकालागि नजिकको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा मृत्यु भएको जिल्ल ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिए लगत्तै चालक ट्रिपर छाडेर फरार भएका थिए । ठक्कर दिने ट्रिपरलाई नियन्त्रणमा लिएर चालकको खोजि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक लोकेन्द्र मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज