९ चैत्र २०८२, सोमबार | March 23, 2026

ट्रिपरको ठक्करबाट बर्दियामा १ जनाको मृत्यु



बर्दिया । बर्दिया ठाकुरबाबा नगरपालिका ५ शाहिपुरमा ट्रिपरको ठक्करबाट मोटरसाईल चालकको मृत्यु भएको छ । साँझ ६ः५० बजे भुरिगाँउबाट ढोढरी जाँदै गरेको ट्रिपरले बिपरित दिशाबाट आउंदै गरेको मोटरसाईकललाई ठक्क्र दिंदा मोटरसाईकल चालक कोहलपुर नगरपालिका ८ का नवराज बुढाथोकीको मृत्यु भएको हो ।

भे १ क १४ ८८ नम्बरको ट्रिपरले भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक बुढाथोकीलाई लिंकरोडको बिच्चैमा ठक्कर दिएको थियो । बुढाथोकीको उपचारकालागि नजिकको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा मृत्यु भएको जिल्ल ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिए लगत्तै चालक ट्रिपर छाडेर फरार भएका थिए । ठक्कर दिने ट्रिपरलाई नियन्त्रणमा लिएर चालकको खोजि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक लोकेन्द्र मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ३३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय