१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

देउवालाई पौडेलको जवाफ : आन्दोलन गर्न पैसा हैन, नेतृत्व क्षमता चाहिन्छ



सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गर्न पैसा नभै निर्णय क्षमता महत्वपूर्ण हुने बताएका छन् ।

केही दिन अघि पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न आफ्नो पार्टीसँग पैसा नभएको बताएका थिए । सदस्यता पाउने बेलामा मारामार गर्ने क्रियाशील सदस्य समेत प्रदर्शनमा नआउने अवस्था रहेको भन्दै देउवाले सार्वजनिक गुनासो गरेका थिए ।

देउवालाई जवाफ फर्काउँदै वरिष्ठ नेता पौडेलले आन्दोलनका लागि पैसा गौण भएको बताउँदै नेतृत्व क्षमता र पार्टीको निर्णय महत्वपूर्ण हुने बताएका छन् ।

आइतबार बिहान सुनसरीमा पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै पौडेलले पार्टीले आन्दोलनको आह्वान गर्नसक्नुपर्ने बताएका हुन् । पौडेलले भने, ‘पैसा भएमात्र आन्दोलन गरिँदैन । सभा, जुलुस, सभा प्रदर्शन पैसाले हुने हो र ? यो त त्यसै हुन्छ। पार्टीको संकल्प र निर्णयले हुन्छ ।’

संविधान र लोकतन्त्र रक्षाका लागि पार्टीले आन्दोलनको नेतृत्व गर्नुपर्ने उनले पुनः स्पष्ट पारे । पार्टीले आह्वान गरे नेता कार्यकर्ता समर्थक जनता लोकतन्त्रको लडाईंमा आफै आउने बताउँदै उनले त्यसको निर्णय र नेतृत्व गर्न पार्टीले सक्नुपर्ने जिकिर गरे ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय गरेको काँग्रेसले सभापति देउवाको अनिच्छाकै कारण त्यस विरुद्ध सडक आन्दोलनलाई अघि बढाउन सकेको छैन ।

देउवाले अदालतको जस्तो सुकै निर्णय मान्ने बताउँदै अहिले चुनावको तयारी गर्नुपर्नेमा जोड दिँदै आएका छन् । तर, वरिष्ठ नेता पौडेलसहितका नेताहरु भने सरकारको असंवैधानिक कदम विरुद्ध आन्दोलन नगरे लोकतन्त्र नै नरहने जिकिर गरिरहेका छन् । उनीहरुले संविधान रक्षा गर्न सके मात्र त्यसपछि चुनाव हुनसक्ने बताएका छन् ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ५७ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको