७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण



काठमाडौं । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् ।

हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् । नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन् ।

एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो । बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ ।

बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन् । बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् ।

बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । उनले भने, ‘एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौँ ।

जसलाई बैंकहरूले एडप्ट गरिदिनुभयो । यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ । आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ ।’ एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविकिो निर्माण गरेको छ ।

यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । एफवान सफ्ट गु्रपले एक हजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ०२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल