२९ मंसिर २०८२, सोमबार | December 15, 2025

युभेन्टस महत्वपूर्ण जितसहित तेस्रो स्थानमा, रोनाल्डोले गरे दुई गोल



काठमाडौं । युभेन्टस महत्वपूर्ण जितसहित इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ ।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे भने वेस्टन म्याकेनीले एक गोल गरे । गएराति भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३-० ले पराजित गरेको हो ।

खेलको ३८ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोले हेडमार्फत उत्कृष्ठ गोल गरेपछि युभेन्टसले पहिलो हाफमा नै २-० को अग्रता लिएको थियो । वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरेपछि युभेन्टस सहज जित हात पार्न सफल भयो ।

यो सिजन सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका रोनाल्डोले सिरी ए मा हालसम्म ७० गोल गरेका छन् ।

गएरातिको जितसँगै युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । २३ खेलबाट ५३ अंकसहित इन्टर मिलान शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : १७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती