१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रचण्ड-नेपालले देउवासँग भेट्दै



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि विकासित राजनीतिक घटनाक्रमबारे राजनीतिक दलहरु आन्तरिक र अन्तरपार्टी छलफल सुरु गरेका छन् ।

प्रचण्ड नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेबहादुर देउवासँग भेट गर्ने भएका हुन् । चितवनबाट फर्किएका अध्यक्षद्वय प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका हुन् ।

अबको संसदीय जोड घटाउमा मालदार पोजिसनमा रहेको नेपाली काँग्रेसका सभापति देउवासँग अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न अध्यक्षद्वय प्रचण्ड र नेपाल देउवा निवास जान लागेका हुन् ।

प्रचण्ड नेपाल नेकपासँग संसदमा एकल सरकार बनाउन सक्ने सांसद संख्या छैन । त्यसैले नेकपाले काँग्रेस र जनता समाजवादी पार्टीसँगको छलफललाई सघन बनाउन खोजेको हो ।

सर्वोच्च अदालतको फैसला अघिसम्म चुनावका लागि मरिहत्ते गरेका देउवालाई यस अघि नै प्रचण्डले प्रधानमन्त्रीको अफर गरिसकेका थिए । काँग्रेस पार्टी र अधिकांश नेताले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निस्कर्ष निकाल्दै सरकार विरुद्ध आन्दोलनमा केन्द्रित हुनुपर्ने बताइरहँदा देउवाले सर्वोच्च अदालत देखाउँदै चुनावकै विषयलाई केन्द्रमा राखेका थिए ।

नेकपाले आफ्नो पक्षबाट प्रधानमन्त्री बनाउन सकेन भने देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नसक्ने आंकलन गरिएको छ । यद्यपी, कानुनी रुपमा नेकपाको विभाजन नभैसकेको अवस्थामा नेकपा संसदीय दलभित्रको समिकरणसमेत महत्वपूर्ण हुने मानिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : २१ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै