१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रचण्ड-नेपालले देउवासँग भेट्दै



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि विकासित राजनीतिक घटनाक्रमबारे राजनीतिक दलहरु आन्तरिक र अन्तरपार्टी छलफल सुरु गरेका छन् ।

प्रचण्ड नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेबहादुर देउवासँग भेट गर्ने भएका हुन् । चितवनबाट फर्किएका अध्यक्षद्वय प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका हुन् ।

अबको संसदीय जोड घटाउमा मालदार पोजिसनमा रहेको नेपाली काँग्रेसका सभापति देउवासँग अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न अध्यक्षद्वय प्रचण्ड र नेपाल देउवा निवास जान लागेका हुन् ।

प्रचण्ड नेपाल नेकपासँग संसदमा एकल सरकार बनाउन सक्ने सांसद संख्या छैन । त्यसैले नेकपाले काँग्रेस र जनता समाजवादी पार्टीसँगको छलफललाई सघन बनाउन खोजेको हो ।

सर्वोच्च अदालतको फैसला अघिसम्म चुनावका लागि मरिहत्ते गरेका देउवालाई यस अघि नै प्रचण्डले प्रधानमन्त्रीको अफर गरिसकेका थिए । काँग्रेस पार्टी र अधिकांश नेताले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निस्कर्ष निकाल्दै सरकार विरुद्ध आन्दोलनमा केन्द्रित हुनुपर्ने बताइरहँदा देउवाले सर्वोच्च अदालत देखाउँदै चुनावकै विषयलाई केन्द्रमा राखेका थिए ।

नेकपाले आफ्नो पक्षबाट प्रधानमन्त्री बनाउन सकेन भने देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नसक्ने आंकलन गरिएको छ । यद्यपी, कानुनी रुपमा नेकपाको विभाजन नभैसकेको अवस्थामा नेकपा संसदीय दलभित्रको समिकरणसमेत महत्वपूर्ण हुने मानिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : २१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष