१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गायिका अन्जु पन्तले गरिन् दोस्रो पटक विवाह



काठमाडौं । चर्चित गायिका अन्जु पन्त दोस्रो पटक वैवाहिक जीवनमा बाँधिएकी छिन् । गायिका पन्तको आज एक समारोहका बीच थिर कोईरालासँग विवाह भएको छ । उनीहरुको पाटन स्थित एक क्रिस्चियन धर्मालम्बिहरुको धार्मिक स्थल चर्चमा विवाह भएको हो । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा रहेपनि उनीहरुले सम्बन्धलाई गोप्य राखेका थिए । गायिका अन्जु पन्तले केही समय अगाडि एउटा टेलिभिजन अन्तरवार्तामा बिहे गर्ने बिषयमा छोरीबाट दवाब आएको र विवाह गर्ने कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया दिएकी थिइन् ।

अन्जु र थिर दुबै जना क्रिश्चियन धर्ममा लागेका पुर्व हिन्दु परिवारका भएकाले क्रिस्चियन परम्परा अनुसार चर्चमा विवाह गरेको बताईएको छ । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

गायिका पन्तको गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । टेलिभिजन अन्तवार्तामा अन्जुले छोरी परितोशिकाकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् । मनोजसँगको डिभोर्स पछि अन्जु छोरीसँगै बस्दै आएकी थिईन् ।अन्जुको सफल दाम्पत्य जिवनका लागि खबरकुरा टिमको पनि शुभकामना  !!

फोटो सौजन्य : नेपालगन्ज ग्यालरी एडमिन

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ५३ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका