२१ मंसिर २०८२, आइतबार | December 7, 2025

तपाईंको इम्यूनिटी पावर यी ५ तरिका सजिलै बढाउँछ



एजेन्सी । शरीरलाई स्वस्थ्त तथा स्फुर्त राख्न इम्यूनिटी पावर बलियो हुनुपर्छ । इम्यूनिटी बढाउनका लागि डाइट तथा जीवनशैली दुवै सही हुनु अत्यावश्यक हुन्छ । यहाँ इम्यूनिटी बूस्ट गर्ने ८ तरिकाबारे चर्चा गरिएको छ ।

१. निन्द्रा पूरा लिनुहोस

निन्द्रा र इम्यूनिटीबीच निकै गहिरो सम्बन्ध हुन्छ । पर्याप्त निन्द्रा नलिने मानिस धेरै बिरामी भइरहने सम्भावना हुन्छ । अध्ययनका अनुसार, मानिस ६ घन्टाभन्दा कम निन्द्रा लिन्छ भने उसलाई चिसो, रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ ।

त्यसकारण स्वस्थ रहनका लागि कम्तिमा पनि ८ घन्टा पर्याप्त निन्द्रा लिनुपर्छ । पर्याप्त निन्द्रा लिँदा प्राकृतिक तरिकाबाट इम्यून बूस्ट हुन्छ ।

२. प्लान्ट फूड धेरै खाने

फल, सागपात, मेवा अथवा फलेका फलफूलहरू, हरियो तरकारीहरूमा पोषक तत्व र एन्टीअक्सिडेन्टको मात्र भरपूर हुन्छ । यसले शरीरमा फ्री रेडिकल्ससँग लड्छ र कोशिकाहरूलाई सुरक्षित राख्दछ ।

यस्तो खानेकुरामा पाइने फाइबरले पेटमा राम्रो ब्याक्टेरियालाई बढाउँछ । यसले इम्यूनिटी बढ्छ भने हानिकारक जीवाणु पाचन प्रणालीको माध्यम हुँदै शरीरमा प्रवेश गर्न पाउँदैन ।

३. सुगर नियन्त्रण गर्नुहोस

अध्ययनका अनुसार, सुगर तथा रिफाइन्ड काब्र्सले मोटोपन बढाउँछ । मोटोपनले शरीरमा विभिन्न रोग निम्त्याउँछ । मोटोपन बढ्दै जाँदा मुटु रोग र मधुमेहको सम्भावना बढी हुन्छ । यसले इम्यूनिटी कमजोर बनाउँछ पनि ।

सुगर नियन्त्रण गर्ने हो भने शरीरको तौल पनि नियन्त्रणमा आउँछ भने इम्यूनिटी पनि बढ्न थाल्छ ।

४. सही मात्रामा पानी पिउनुहोस

शरीरलाई पूरै स्वस्थ राख्नका लागि पानीको मात्रा सही हुनुपर्छ । पानीको कमीका कारण पाचन प्रणाली, किड्नी लगायतको कार्यक्षमतामा समेत असर पर्छ । यसको कारण मानिस बिरामी पर्न जान्छ ।

यसबाट बच्नका लागि पानी सही मात्रामा पानी पिउनुपर्छ । बजारमा पाइने विभिन्न प्रकृतिका जुसहरू पिउनु पनि हानिकारक हुन्छ । त्यसकारण धेरै मात्रामा पानी पिउनुहोस् ।

५. एक्सरसाइज गर्नुहोस

तपाईंले आफ्नो इम्यूनिटीलाई बूस्ट गर्नका लागि शरीरलाई एक्सरसाइज गरिराख्नुपर्छ । सामान्य एक्सरसाइजले पनि इम्यूनिटी बढाउन ठूलो भूमिका हुन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ६ : ३३ बजे

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको