१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भुपु सैनिक सहकारीद्धारा रक्तदान सम्पन्न



बुटवल । आफु बाचौ अरुलाई पनि बचाउ भन्ने नारा सहित भुपु सैनिक बहुउदेश्यीय सस्थाको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भुपु सैनिक बहुउदेश्यीय सहकारी सस्था तिलोतमा १ डाईभरटोलले आफु बाचौ अरुलाई पनि बचाउ भन्ने नारा सहित रक्तदान कार्यक्रम सम्पन गरेको हो ।

रक्तदान कार्यक्रममा बोल्दै सस्थाका सल्लाकार तथा मेजर जेबि खडकाले भुपुहरुले सहकारी मार्फत सामाजिक काम गर्दै आएको बताए । रिटायर जिवनमा समेत सकृय हुदै भुपु सैनिकहरुले रक्तदान, आश्रममा नगद तथा खाद्यान्न सहयोग, विभिन्न सिपमुलक तालिम गराउने जस्ता कामहरु गदै आएका खडकाले बताए ।

उनले भने, समाजमा हुने हरेक सामाजिक कार्यमा हाम्रो सहभागीता उल्खेनिय हुदै आएको छ । भुपु सैनिकहरुको सहकारीले हरेक बर्ष रक्तदान गर्ने भुपु सैनिकका परिवारलाई विभिन्न सिपमुलक तालिममार्फत स्वरोजगार बनाउने काम गदै आएको सस्थाका अध्यक्ष सु मेजर राजकुमार केसीले बताए ।

केसीले भने, हामीले सहकारी मार्फत भुपुहरुलाई एक बनाउने काम गरेको छौ । समाजलाई सुन्दर हराभरा बनाउन समय समयमा जनचेतना मुलक कार्यक्रम समेत गदै आएको उनले बताए ।

सस्थाका सचिव क्यापटेन कृष्ण बहादुर अधिकारीको संचालनमा सम्पन्न रक्तदान कार्यक्रममा ६१ युनिट सक्तदान संकलन भएको कार्यक्रम सयोजक तथा सस्थाका कोषाध्यक्ष क्यापटेन भिम बहादुर भन्डारीले जानकारी दिए ।

आफनो सैनिक जिवनबाट रिटायर भएका रुपन्देही जिल्लाभित्रका भुपु पेन्सनरहरुले आफनै सहकारी खोलेर भुपु सैनिकका परिवारलाई स्वरोजगार बनाउन मैनबत्ति बनाउने, सेनेटरी प्याड बनाउने जस्ता सिपमुलक तालिमहरु समेत संचालन गर्दै आएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : ५५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान