२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता शुरु



बुटवल । बुटवल उपमहानगरपालिका वडा न-९ को आयोजनामा प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको बुटवल उपमहानगर पालिकाका मेयर शिबराज सुबेदीले उद्घाटन गर्दै बुटवल नगरी खेलकुदको बिकासमा अग्रणी रहेको बताए । उनले बुटवलमा ३९ वटा खेल मैदान तथा कोर्डहरु निर्माण भैरहेको बताए ।

प्रतियोगितामा देशभरबाट ७० बिद्यार्थी खेलाडी सहभागि भएको प्रतियोगिता फागुन १६ गतेसम्म चल्ने कार्यक्रम संयोजक तथा बुटवल ९ का वडा सदस्य बिजय गुरुङले बताए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता भएको हो ।

प्रतियोगिता संचालनका लागि ३ लाख २ हजार ५ सय खर्च अनुमान गरिएको छ । प्रतियोगितामा क्रमश ३० हजार, २० हजार र १० हजार पुरस्कार राखिएको उनले बताए । प्रतियोगिता स्कोलर्स होममा भैरहेको छ ।

सो अबसरमा नगर खेलकुद बिकास समिति अध्यक्ष नन्दु काउचा, स्कोलर्स होमका सहायक प्राचार्य टिकाराम गौतम,अन्तर्राष्ट्रिय चेस खेलाडी रूपेश जयसवाल, कार्यपालिका सदस्य बिमला श्रेष्ठ,कार्यक्रम संयोजक तथा वडा न ९ सदस्य बिजय गुरूङ लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ३९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती