१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता शुरु



बुटवल । बुटवल उपमहानगरपालिका वडा न-९ को आयोजनामा प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको बुटवल उपमहानगर पालिकाका मेयर शिबराज सुबेदीले उद्घाटन गर्दै बुटवल नगरी खेलकुदको बिकासमा अग्रणी रहेको बताए । उनले बुटवलमा ३९ वटा खेल मैदान तथा कोर्डहरु निर्माण भैरहेको बताए ।

प्रतियोगितामा देशभरबाट ७० बिद्यार्थी खेलाडी सहभागि भएको प्रतियोगिता फागुन १६ गतेसम्म चल्ने कार्यक्रम संयोजक तथा बुटवल ९ का वडा सदस्य बिजय गुरुङले बताए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता भएको हो ।

प्रतियोगिता संचालनका लागि ३ लाख २ हजार ५ सय खर्च अनुमान गरिएको छ । प्रतियोगितामा क्रमश ३० हजार, २० हजार र १० हजार पुरस्कार राखिएको उनले बताए । प्रतियोगिता स्कोलर्स होममा भैरहेको छ ।

सो अबसरमा नगर खेलकुद बिकास समिति अध्यक्ष नन्दु काउचा, स्कोलर्स होमका सहायक प्राचार्य टिकाराम गौतम,अन्तर्राष्ट्रिय चेस खेलाडी रूपेश जयसवाल, कार्यपालिका सदस्य बिमला श्रेष्ठ,कार्यक्रम संयोजक तथा वडा न ९ सदस्य बिजय गुरूङ लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ३९ बजे

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता