२१ मंसिर २०८२, आइतबार | December 7, 2025

के रातभर मोबाइल चार्जमा राख्नु गलत हो ?



काठमाडाैं । के तपाईं आफ्नो स्मार्टफोनलाई रातभर चार्जमा लगाएर छोड्नुहुन्छ ? के यसो गर्दा ब्याट्री खराब त हुँदैन ? वा ब्याट्रीको आयू त छोटिँदैन ? स्मार्टफोनको ब्याट्रीलाई सकेसम्म धेरै लामाे समयसम्म टिकाउ हुने गरी प्रयोगमा ल्याउन सम्भव छ ? यस विषयमा यस्तै कयौँ जिज्ञासा र भ्रमहरू विद्यमान छन् ।

उसो भए वास्तविकता के हो त ? आज हामी त्यस विषयमा चर्चा गर्ने छौँ । स्मार्टफोनहरूमा लिथियम-आयन ब्याट्री प्रयोग गरिएको हुन्छ ।

तपाईं हामीमध्ये कतिपयले स्मार्टफोनलाई राती सुन्नेबेला चार्जमै छोडिदिन्छौँ । यसरी रातभर फोन चार्जमै छोड्नु बिल्कुल गलत तरिका भने होइन । किनभने तपाईंको फोन शतप्रतिशत चार्ज हुने वितिक्कै स्वतः चार्जिङ बन्द हुन्छ ।

स्मार्टफोनमा कतिखेर फुल चार्ज हुन्छ र आइरहेको करेन्टलाई रोक्ने भनेर थाहा पाउने प्रविधि राखिएको हुन्छ । त्यसैले ब्याट्री ओभर चार्ज हुने सम्भावना नै रहँदैन । ब्याट्रीको चार्ज सकिँदै गएपछि तल्लो सीमामा पुग्ने वितिक्कै स्वतः मोबाइल बन्द हुने भएकाले ओभर डिस्चार्ज समेत हुँदैन ।

यद्यपि रातभर चार्जमा राख्दा फुल चार्ज हुने वितिक्कै चार्जिङ बन्द हुने भएतापनि लगत्तै डिस्चार्ज सुरु हुन्छ । मोबाइल फोन निर्माता कम्पनीहरूले सेट गरेको थ्रेसहोल्डका आधारमा पुनः चार्ज हुन थाल्छ ।

यदि रातभर मोबाइल चार्जमा छाड्दै हुनुहुन्छ भने चार्जमा राख्नुअघि स्वीच अफ गर्नुहाेस् ता कि ब्याट्रीमा अनावश्यक भार नपरोस् ।

तर मोबाइल रातभर चार्जमा राख्दा ओभर फुल भएर पड्किन्छ अथवा ब्याट्री बिग्रिन्छ भन्ने साेचाइ छ भने त्याे एउटा मित्थ्या नै हाे । हिजोआजका फाेनमा प्रयोग हुने ब्याट्री भनेको लिथियम आयम ब्याट्रीका कारणमात्रै हाेइन, यसमा प्रयोग हुने प्रोसेसर पनि पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् ।

मोबाइलमा प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एक पटक मोबाइल चार्ज फुल भएसँगै आफै चार्जलाई डिस्कनेक्ट गर्छ । यसको अर्थ रातभर मोबाइल चार्जमा राख्दा कुनै असर भने पर्दैन ।

तर, यो भन्दैमा आफू सुत्ने सिरानीसँग मोबाइल चार्जमा राख्नु त्यति उपयुक्त हुँदैन किनभने यदि मोबाइलमै कुनै समस्या आएर सर्टसर्किट हुन सक्छ । त्यसैले यस्ता विषयलाई भने ध्यानमा राख्नु उपयुक्त हुन्छ ।

अर्काेतिर ब्याट्री लामाे समयसम्म टिकाउने उपाय चैं जानिराखेकाे राम्राे हुन्छ । स्मार्टफोनको ब्याट्रीलाई मजबुत र टिकाउ राख्ने सबैभन्दा उपयुक्त उपाय भनेकै २० प्रतिशत ब्याट्री बाँकी छँदा मात्रै चार्जमा जोड्ने गर्नुहाे्स् र ८० प्रतिशत पुग्ने बितिक्कै चार्जरबाट छुटाउनुहोस् ।

छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा ब्याट्रीको आयूमा नकारात्मक असर पर्न सक्छ । अनि अर्को महत्वपुर्ण विषय चार्जमा छँदा फोन प्रयोग गर्नु गलत तरिका हो, किनकि त्यसले फोनको तापक्रम बढाउन सक्छ । यदि फाेनकाे ब्याट्री ताताे भइरहेकाे अवस्थामा निरन्तर चार्ज गर्दै फाेन चलाउने गर्नुहुन्छ भने त्याे हानिकारक हुन सक्छ ।

ब्याट्री ओभर हिट भयो भने जे पनि हुन सक्छ । अर्काेतिर लगातार उच्च तापक्रममा चलाउनले ब्याट्री पनि सुख्खा हुन्छ, जसले गर्दा तपाईंको मोबाइलको ब्याट्रीको लाइफ घट्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ४८ बजे

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको