१८ मंसिर २०७९, आइतबार | December 4, 2022

कुटपिट गरी गर्भपतनको गराएको आरोपमा तीनजना पक्राउ



सप्तरी । सप्तरीको महादेवा गाउँपालिका-४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका-४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन ।

आरोपितमध्ये तीनजना पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेशकुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताए ।

आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखेपछि निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताइन ।

आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ५० बजे

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

काठमाडौं । अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप

स्याङ्जा-२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उपसभापति धनराज गुरुङ विजयी

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा

बाजुरा प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

बाजुरा । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (१) मा नेकपा

माओवादीको निस्कर्ष : प्रतिनिधिसभामा सोचे जति सिट आएन, प्रदेशसभा सन्तोषजनक नै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा निर्वाचनमा सोचेजति परिणाम आउन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत