४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजदेखी सुनिल ढुंगाना स्मृतिकप क्रिकेट प्रतियोगिता शुरु हुदै



बुटवल । सर्वोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति कप टि १० नक आउट क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आजदेखि शुरु हुने भएको छ ।

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस अघि फागुन ८ गतेका लागि तय भएको प्रतियोगिता प्राविधिक कारणले फागुन १६ का लागी सरेको थियो । प्रतियोगिता शंकरनगरको चपरभट्टी स्थित सिद्धार्थ युवा क्लबको खेल मैदानमा आइतबार बिहान ११ बजेदेखि संचालन हुन लागेको हो ।

तिलोत्तमा क्रिकेट बिकास समितिका संस्थापक अध्यक्ष सुनिल ढुङ्गानाको नाममा अक्षयकोष स्थापनार्थ आयोजना संचालन हुन लागेका प्रतियोगिताको उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी र संजिवनी शिक्षा सदन भिड्ने छन । प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिन तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको