१ पुस २०८२, मंगलबार | December 16, 2025

निर्वाचन आयोगमा ओलीको सेटिङ भत्किँदैछ, पार्टीको आधिकारिकता र सूर्य चिन्ह हामी नै पाउँछौं : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता आफुहरुलाई नै दिने बताएका छन् ।

पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभालाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले कानुन, विधि र स्थापित मान्यतालाई ख्याल गर्दै आफुहरुलाई नै आधिकारिता प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । प्रचण्डले सूर्य चिन्ह पनि आफुहरुले नै पाउने दाबी गरे ।

प्रचण्डले भने, ‘अहिले पनि निर्वाचन आयोगसँग भएको पटक–पटक छलफल, जनभावना र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा पार्टीको मान्यता हामीले पाइ नै सक्यौं । सूर्य चिन्ह हामीले पाइ नै सक्यौं । अब खाली घोषणा हुन बाँकी मात्रै हो । आयोगले घोषणा गर्ने विश्वास छ ।’

प्रचण्डले ओलीले बनाएका सेटिङहरु भत्किँदै गएको जनाउँदै निर्वाचन आयोगमा गरेको सेटिङ पनि भत्किने बताए । प्रचण्डले दाबीका साथ भने, ‘अर्को सेटिङ पनि भत्किँदै छ । हेर्नुहोला । मैले त्यत्तिकै भनेको होइन । बुझेरै भनेको हो । केही समयभित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव छैन । आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम उहाँहरुको हो भन्ने निर्णय हुन्छ ।’

प्रचण्डले आधिकारिक पार्टीमा समाहित हुन अलमलमा रहेका र सूर्य चिन्हको आशमा बसेका नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

सबैतिरबाट पराजित हुँदै गएपछि ओलीले जथाभावी बोल्दै हिँडेको प्रचण्डले आरोप लगाए । ओली बेइमान पात्रको रुपमा देखिएको पनि प्रचण्डले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : २० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज