२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्राचीन अभिलेख संरक्षण गरिनुपर्ने



काठमाडौं । लेखन सामग्रीका रुपमा रहेका प्राचीन अभिलेखलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय अभिलेखालयले सोमबार काठमाडौंमा आयोजना गरेको ‘लेखन सामग्री एवं अभिलेखका प्रकार’ विषयक अन्तरक्रिया कार्यक्रममा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले चट्टानअभिलेख, गुहअभिलेख, शिलालेख, शिलास्तम्भलेख, मूर्तिलेख, ढुङ्गेधारालेख, जलद्रोणीलेख, जलहरीलेखजस्ता प्राचीन सामग्रीलाई सुरक्षित राखिनुपर्ने बताए।

समयक्रममा यस्ता सामग्री नाश हुन सक्ने, बिग्रन सक्ने भएकाले यिनको संरक्षणका लागि अभिलेखालयले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

पशुपति क्षेत्रमा रहेको जयदेवको अभिलेखलाई नेपालमा अहिलेसम्म प्राप्त सबैभन्दा ठूलो अभिलेख मानिन्छ । यसैगरी भक्तपुरको जङ्गम मठ क्षेत्रमा रहेको दुई पङ्क्तिको अभिलेखलाई हालसम्म प्राप्तमध्येमा सानो अभिलेख मानिएको जानकारी पनि कार्यक्रममा संस्कृतिविद् श्रेष्ठले गराए ।

अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गले यस वर्ष पुस १७ गतेदेखि विभिन्न विषयमा जुम माध्यमबाट अन्तरक्रिया सुरु गरिएको जानकारी दिए।

कार्यक्रमलाई अब प्रत्येक महिना निरन्तरता दिइने जनाइएको छ । कार्यक्रममा अभिलेख अधिकृत रज्जु हाडाले अभिलेख उपशाखाले संरक्षणमा गरिरहेका काम एवं गतिविधिका बारेमा जानकारी गराए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : १० बजे

ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाज कल्याण परिषद्ले चलाउने

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल

त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा खड्ग केसी विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव