४ पुस २०८२, शुक्रबार | December 20, 2025

चीनले नेपाललाई अनुदानमा दिने खोप ८ लाख डोज पु-यायो



काठमाडौं । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध दिने खोपको मात्रा बढाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो।

राजदूत यान्छीले कोरोना विरूद्धको संघर्षमा नेपाललाई सघाउन पाउँदा खुशी भएको जनाएकी छिन् । अब नेपालले चीनबाट आठ लाख डोज खोप प्राप्त गर्नेछ ।

चिनियाँ दूतावासले सुरूमा तीन लाख डोज खोप अनुदान घोषणा गरेको थियो । त्यसको केही दिनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी बीचभएको टेलिफोन वार्तापछि चीनले थप दुई लाख डोज खोप दिने प्रतिवद्धता जनाएको थियो ।

चीनको सिनोफार्म कम्पनीले तयार पारेको कोरोना विरूद्धको खोप ‘भेरोसेल’ले नेपालमा आपतकालीन प्रयोग अनुमति यसअघि नै पाईसकेको छ ।

पाकिस्तान, यूएई लगायतका मुलुकमा चिनियाँ कम्पनी सिनोफार्मको कोरोना खोपको आपतकालीन प्रयोग सुरु भैसकेको छ । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको