१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

शाइन रेसुंगा बैंकद्वारा डिजिटल बैंकिङ साक्षरता



बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता अन्तर्गत सैनामैना नगरपालिकाको सालझण्डीमा डिजिटल बैकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले सरोकारवाला पक्षलाई एकै थलोमा राखेर डिजिटल बैंकिङ कारोबार कसरी गर्ने भन्ने व्यवहारिक ज्ञान दिएको हो । कार्यक्रममा डेबिट कार्ड र क्यूआर कोडको प्रयोग कसरी गर्ने,आईपीएस भुक्तानी,मोबाइल बैकिङ आदिबारे सहभागीलाई सिकाइएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुदीप फुयालले डिजिटल बैंकिङको फाइदाबारे चर्चा गर्दै यो अहिलेको समयको माग र आवश्यकता दुबै भएको बताए । निर्देशक फुयालले डिजिटल बैंकिङ कारोबार गर्दा नगद साथमा बोकेर हिंड्न नपर्ने, रकम पठाउन र प्राप्त गर्न बैंकमै धाउन नपर्ने हुंदा यो सजिलो र सुरक्षित हुने जानकारी गराए ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आफ्ना ग्राहकलाई समयसापेक्ष आधुनिक बैकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले डिजिटल बैंकिङ साक्षरतालाई प्राथमिकता दिएको बताए । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको लुम्बिनी प्रदेशको एक मात्र विकास बैंक भएकाले पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता र डिजिटल बैंकिङ साक्षरता अभियानलाई निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत पौडेलले स्पष्ट पारे ।

बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले सञ्चालन गरेको कार्यक्रममा सालझण्डी क्षेत्रका विद्यालय र कलेजका शिक्षक,व्यवसायी, संघसंस्थाका पदाधिकारी,निक्षेपकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : १९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर