७ आश्विन २०८३, बुधबार | September 23, 2026

शाइन रेसुंगा बैंकद्वारा डिजिटल बैंकिङ साक्षरता



बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता अन्तर्गत सैनामैना नगरपालिकाको सालझण्डीमा डिजिटल बैकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले सरोकारवाला पक्षलाई एकै थलोमा राखेर डिजिटल बैंकिङ कारोबार कसरी गर्ने भन्ने व्यवहारिक ज्ञान दिएको हो । कार्यक्रममा डेबिट कार्ड र क्यूआर कोडको प्रयोग कसरी गर्ने,आईपीएस भुक्तानी,मोबाइल बैकिङ आदिबारे सहभागीलाई सिकाइएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुदीप फुयालले डिजिटल बैंकिङको फाइदाबारे चर्चा गर्दै यो अहिलेको समयको माग र आवश्यकता दुबै भएको बताए । निर्देशक फुयालले डिजिटल बैंकिङ कारोबार गर्दा नगद साथमा बोकेर हिंड्न नपर्ने, रकम पठाउन र प्राप्त गर्न बैंकमै धाउन नपर्ने हुंदा यो सजिलो र सुरक्षित हुने जानकारी गराए ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आफ्ना ग्राहकलाई समयसापेक्ष आधुनिक बैकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले डिजिटल बैंकिङ साक्षरतालाई प्राथमिकता दिएको बताए । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको लुम्बिनी प्रदेशको एक मात्र विकास बैंक भएकाले पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता र डिजिटल बैंकिङ साक्षरता अभियानलाई निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत पौडेलले स्पष्ट पारे ।

बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले सञ्चालन गरेको कार्यक्रममा सालझण्डी क्षेत्रका विद्यालय र कलेजका शिक्षक,व्यवसायी, संघसंस्थाका पदाधिकारी,निक्षेपकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई