२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो



काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रतिव्यक्ति आय ११ सय ५९ डलर थियो ।

राष्ट्रिय लेखा तथ्यांकका आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००-१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्ष २०१०÷११ अनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको हो ।

एक दशक अर्थात् १० वर्षमा नेपालको अर्थतन्त्रमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । विगत १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १४.७ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक विभागले देखाएको हो ।

विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको अनुमान गरेको छ ।

आधार वर्ष परिवर्तन हुँदा नेपालको अर्थतन्त्र १४.१ प्रतिशतले बढेको हो । आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ वटा पुगेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : ०२ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको