१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

आरबीबी–एनभीए राष्ट्रिय क्लब लिग भलिबल अर्को महिना



काठमाडौं । नेपाल भलिबल संघ ९एनभीए० को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक ९आरबीबी० को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने बताए । पुरुष÷महिला दुवैमा पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल खेलाइने छ । शीर्ष दुई टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नु पर्ने छ ।

पुरुषमा एचएनसीएस क्लब, एपीएफ क्लब, नेपाल प्रहरी, नेपाली सेना, नयाँबजार सामाजिक युवा क्लब, बुद्ध टोल भलिबल क्लब, बुटवलको मणिमुकुन्द क्लब र वुलवुले रारा क्लब सहभागी हुँदै छन् । महिलामा एपीएफ, सेना, प्रहरी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद्ले भाग लिने छन् ।

महासचिव चन्दले एक टिमले ३ विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको जानकारी दिदै प्रत्येक टिमलाई तयारी र यातायात खर्च वापत ५० हजार रुपैयाँ प्रदान गरिने बताए ।

पुरुष÷महिला टिम र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीका लागि समान पुरस्कार राशी राखिएको छ । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३ लाख, १ लाख ५० हजार, ७५ हजार र ३७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकलाई समान १०–१० हजार नगदबाट पुरस्कृत गरिने छ ।

पुरस्कार राशीमा पनि पहिलेको भन्दा झन्डै ३ लाख रुपैयाँले बृद्धि गरिएको छ । कुल पुरस्कार राशी १२ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसपटकदेखि खेलाडी र अफिसियलको विमा पनि गरिने संघले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलसंग जोडिन पाउँदा खुशी लागेको बताए । भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले बैंकले भलिबल संघ प्रति देखाएको विश्वासका लागि धन्यवाद दिदै पाँचौं संस्करण पछि पनि बैंकको साथ र सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । यो संस्करणपछि दुई पक्षबीचको प्रायोजन सम्झौता सकिदै छ ।

आठदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा खेलाइने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : ०० बजे

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम