१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रचण्ड-नेपाल नेकपा र कांग्रेस संसदीय दलको छुट्टाछ्टुटै बैठक बस्दै



काठमाडौं । संसद पुनःस्थापना भएसँगै दलहरुले आफ्नो संसदीय रणनीति तय गर्न धमाधम संसदीय बैठक बोलाएका छन् । आज नेपाली कांग्रेस र प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बस्दैछ भने शनिबार ओली पक्षको संसदीयदलको बैठक बस्ने तय भएको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा संसदीय दलको बैठक डाकेको छ ।

प्रचण्ड–नेपाल पक्षले आज डाकेको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सरकारको नेतृत्वबाट हटाउने बिषयमा छलफल हुने बताईएको छ । प्रचण्ड-नेपाल पक्षले गत पुस ५ गते गरेको अविश्वासको प्रस्तावका सम्बन्धमा पनि छलफल हुने सो पक्षका एक नेताले बताए । सो प्रस्तावलाई फिर्ता लिएर नयाँ रणनीति बनाएर पनि जान सकिने तीले बताए ।

यसैगरी, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै बस्दैछ । कांग्रेसले शुक्रबार दिउँसो २ बजेलाई दलको बैठक बोलाएको छ । कांग्रेस भित्र सत्ताको नेतृत्व स्विकार गर्ने नगर्ने विषयमा चरम विवाद छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : ५७ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।