३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रचण्ड-नेपाल नेकपा र कांग्रेस संसदीय दलको छुट्टाछ्टुटै बैठक बस्दै



काठमाडौं । संसद पुनःस्थापना भएसँगै दलहरुले आफ्नो संसदीय रणनीति तय गर्न धमाधम संसदीय बैठक बोलाएका छन् । आज नेपाली कांग्रेस र प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बस्दैछ भने शनिबार ओली पक्षको संसदीयदलको बैठक बस्ने तय भएको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा संसदीय दलको बैठक डाकेको छ ।

प्रचण्ड–नेपाल पक्षले आज डाकेको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सरकारको नेतृत्वबाट हटाउने बिषयमा छलफल हुने बताईएको छ । प्रचण्ड-नेपाल पक्षले गत पुस ५ गते गरेको अविश्वासको प्रस्तावका सम्बन्धमा पनि छलफल हुने सो पक्षका एक नेताले बताए । सो प्रस्तावलाई फिर्ता लिएर नयाँ रणनीति बनाएर पनि जान सकिने तीले बताए ।

यसैगरी, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै बस्दैछ । कांग्रेसले शुक्रबार दिउँसो २ बजेलाई दलको बैठक बोलाएको छ । कांग्रेस भित्र सत्ताको नेतृत्व स्विकार गर्ने नगर्ने विषयमा चरम विवाद छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : ५७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन