१ पुस २०८२, मंगलबार | December 16, 2025

केही मान्छेहरु प्रधानमन्त्री बनिदेऊ भन्दै अरुको दैलोमा भीख माग्दै हिँडेका छन् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले कसैलाई पनि प्रधानमन्त्री बनिदेऊ भन्दै विन्ती गर्दै नहिँडेको बताएका छन् ।

सरकार र विप्लव समुहबीच आयोजित सहमतिपत्रमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि आफुले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन् ।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालप्रति व्यङ्गात्मक टिप्पणी गर्दै केही मान्छेहरु हुँदा खाँदाको दुई तिहाई बहुमतको सरकार गिराएर प्रधानमन्त्री बनिदेऊ भन्दै अरुको दैलोमा भीख माग्दै हिँडेको बताए । ओलीले भने, ‘आफ्नो पार्टी फुटाएर,सरकार ढालेर अरुलाई बनिदेऊन भन्दै हिडेका छन् बिचराहरू ।

प्रधानमन्त्री ओलीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराख्ने स्पष्ट पारे । उनले थपे, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’

प्रधानमन्त्री ओलीले संसदीय दलको नेता आफै भएको जिकिर गरे । ‘आज संसदीय दलको बैठक भन्दैछन् रे’, उनले भने, ‘दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’

प्रधानमन्त्री ओलीले विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरे । उनले नेपालमा अब कसैले हिंसात्मक आन्दोलनका बाटो नलिने बताए । ओलीले भने, भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरेको छैन अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’ नेपाल शान्तिको पारामिटरमा अमेरिका, चीन भन्दा पनि माथि रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले विप्लवको प्रशंसा गर्दै उनले साहासिक काम गरेको जनाए । शान्तिपूर्ण राजनीतिको बाटो समातेर विप्लवले सेफल्याण्डिङ गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज