२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन ।

उनले भनेका छन, “संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मङ्गलमय शुभकामना !” प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको जनाउँदै तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन ।

“प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन, “हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्याउँछ भन्ने चर्चा गर्न थालेको छ ।”

आज नेपाली हिन्दू महिलाले हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाउँदै छन् । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर तीज मनाउँछन् ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : १७ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै