४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्पेनिस ला लिगा : बार्सिलोनाले महत्वपूर्ण जित दर्ता



काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोर्डी अल्बा र १८ वर्षे किशोर इलाइज मोरिबाले गोल गरे ।

दुवै गोलमा लियोनल मेस्सीले सहयोग गरेका हुन् । अल्बाले ३० औँ तथा मोरिबाले ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ ।

दुई खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ५८ अंक र एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडको ५३ अंक छ ।

ला लिगाका अन्तर्गत शनिबार राति भएका अरु खेलमा रियल भालाडोलिडले गेटाफे तथा एल्चीले सेभिल्लालाई समान २-१ तथा काडिजले एइबरलाई १-० ले पराजित गरेका छन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको