१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रहरीलाइ घुस दिन खोज्ने ट्रक चालक पक्राउ



चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका-२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् ।

शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका-३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई ना३ख २३२२ नंको ट्रक चालक लुङ्गेलीले घुस दिन खोजेका थिए ।

चितवन राइसमिल समितिको चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

चालकले साथमा सवारी चालक अनुमतिपत्र नरहेकाले मिलाइदिनुपर्यो भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : ०८ बजे

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान