२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजबाट कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुँदै, ६५ वर्ष माथिका नागरिकले मात्र लिन पाउनेछन् खोप



काठमाडौं । नेपालमा उपलब्ध खोपको मात्रा अपुग हुने देखिएपछि आजबाट ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने अभियानबाट सरकार पछि हटेको छ । सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने कार्यक्रम तय गरेपनि मात्रा अपुग हुने देखिएपछि ६५ वर्षमाथिका जेष्ठ नागरिकलाईमात्र खोप दिन लागेको हो ।

सरकारले गत माघ १४ गतेबाट सुरु गरेको पहिलो चरणको खोप अभियान सम्पन्न गरेर आजबाट दा्स्रो चरणको खोप दिने अभियान सञ्चालन गर्न थालेको हो । दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिका नागरिकहरुलाई मात्र खोप दिईने छ । सरकारले यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरेको थियो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने भएका छन् । प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाएर अभियानको शुभारम्भ गर्नेछन् ।

मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि देशभर ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । यस अघि यो खोपको पहिलो डोज लिएको २८ दिनमा डोज लिनुपर्ने बताईएपनि विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनु पर्नेगरि मन्त्रालयले व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : ३८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले