१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप



ताप्लेजुङ । ताप्लेजुङमा झन्डै ५० हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन् । ३० हजार ६ सय ६ जनाले भेरोसेल खोपको दुबै मात्रा(डोज) लगाएका छन् ।

कोभिशिल्ड/एक्सट्राजेनेका खोपको दुबै मात्रा लगाउनेको संख्या १३ हजार १ सय ९३ छ । ५ हजार ८ सय ५० जनाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् ।

१९ हजार १ सय २० जनाले कोभिशिल्ड(एक्सट्राजेनेका खोपको पहिलो मात्रा र ३३ हजार ३ सय ५५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

यसरी ५ हजार ९ सय २९ जनाले कोभिशिल्ड(एक्सट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको पाइएको छ । २ हजार ७ सय ४९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ । कोरोनाविरुद्धको खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ८ हजार ६ सय ७८ रहेको पाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : २५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्