६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपाली बजारमा आईप्रोका फिचर फोन उपलब्ध



काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएको हो ।

आईप्रोका फिचर फोनको बिक्री-वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा सार्वजनिक भने गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ । क्रमशः अन्य डिजाइनमा समेत फोनहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै आईप्रोका फिचर फोनका मोडलहरु ल्याउन लागेको हो ।

आईप्रोका फिचर फोनहरुमा डुअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने लगायतका फिचर रहेका छन् । आईप्रो चिनियाँ मोबाइल निर्माता कम्पनी हो । जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट युनिट रहेको छ । संसारका धेरै देशमा यसको उत्पादन हुँदै आएको छ ।

सन् २००१ देखि बजारमा अस्तित्वमा रहेको यो फोन निर्माता कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा मात्रै तीन हजारभन्दा बढी जनशक्ति कार्यरत छन् । जसबाट आईप्रोले विश्वस्तरीय बारफोन उत्पादन गर्न सफल भएको हो ।

अमेरिकी र यूरोपेली बजारमा आईप्रोका फोनहरु निकै रुचाइने गरेका छन् । आईप्रोले भारत, मलेसिया, इण्डोनेसिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका, युरोपलगायत १०० भन्दा बढी देशहरुमा आफ्ना मोबाइल फोनहरु बिक्री गरिरहेको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ । आगामी दिनमा आईप्रोका थुप्रै मोडेल नेपाल ल्याउने तयारी रहेको भीएस ग्रुपले जनाएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको कम्पनीले नेपालभर आईप्रोका मोबाइलहरु उपलब्ध गराउँदै आएको छ । भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपाल समेत बजारमा ल्याएको छ । सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनीले आईप्रो मोबाइल ब्रान्डबाहेक ग्रेट एसिया ट्याब्लेट समेत बिक्री-वितरण गरिरहेको छ । आईप्रो सस्तो, भरपर्दो र टिकाउ फिचर फोन हो ।

साधारण र निम्न आय भएका प्रयोगकर्ता तथा ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई उपलब्ध गराउनका लागि यो फोनको उपयोग गर्न सक्छन् । जस्तोसुकै स्थानमा पनि राम्रो नेटवर्क दिने र लामो समयसम्म ब्याट्री टिक्ने भएकाले यी फिचर फोन निकै नै उपयोगी हुने कम्पनीको दाबी छ ।

नेपाली बजारमा आईप्रोका फिचर फोनहरुको मूल्य ९ सय देखि १० हजार रुपैयाँसम्म रहेको छ । नेपालभर विभिन्न स्थानमा डिलर र सर्भिस सेन्टर उपलब्ध भएकाले यसको बिक्री पछिको सुविधा समेत प्राप्त गर्न सहज छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ३५ बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क