११ बैशाख २०८१, मंगलबार | April 24, 2024

सरकार र नेत्रविक्रम चन्द विप्लव नेकपाका बीच भएको सम्झौता शंकास्पद : मानवअधिकार तथा शान्ति समाज



बुटवल । मानवअधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बिच भएको सम्झौतामा हतियारको बिषय नै उल्लेख नहुनुमा शंका उब्जिएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सभापति खनालले दुवै पक्षले सम्झौतालाइ रणनैतिक रुपमा प्रयोग गर्न खोजेमा दुर्भाग्यपूर्ण हुने बताए । उनले तीनबुदे सहमति शंकाको घेरामा रहेको भन्दै सहमतिमा हतियार व्यवस्थापनको कुरा प्रष्ट हुनुपर्ने बताए ।

उनले भने—‘सहमति सकारात्मक हो,तर हतियारको बारेमा किन बोलिएन,त्यसैले नागरिक सशंकित छन्,सहमतिलाइ दुबैपक्षले रणनैतिक रुपमा प्रयोग गर्न खोजेमा दुर्भाग्यपूर्ण हुने छ ।’

खनालले हिंसाको राजनीतिको भविष्य नभएको प्रष्ट पारे । पोखरामा फागुन २१ र २२ गते भएको राष्ट्रिय परिषद बैठकले बिभिन्न ८ वटा बुदाहरु पारित गरेको उनले बताए । प्रतिनिधिसभा बिघटन अलोकतान्त्रिक,अदालतले पुर्नस्थापना गरेकोमा धन्यबाद,छोरी पढाऔं अभियान,लागु औषध बिरुद्धको अभियान,सीमा अतिक्रमण बिरुद्धको अभियान ,आणबिक अस्त्र बिरुद्धको अभियान संचालन ,समाजको भवन वा जग्गा खरिदगर्ने लगायतका एजेन्डा पास भएकोे उनले जानकारी दिए ।

खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले हिडीरहेको टिप्पणी गरे ।लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार कमजोर बनाउने जुनसुकै प्रयासविरुद्ध शान्ति समाज उभिने र त्यस्ता प्रयास असफल बनाउने उनले जानकारी दिए । मानवअधिकार तथा शान्ति समाजका रुपन्देही सभापति धनपति खनाल (डीपी)को अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सचिब मिना ढकालले स्वागत तथा रुपन्देही शाखा सचिव कपिल ज्ञवालीले संचालन गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : १२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना