२० श्रावण २०८३, बुधबार | August 5, 2026

सरकार र नेत्रविक्रम चन्द विप्लव नेकपाका बीच भएको सम्झौता शंकास्पद : मानवअधिकार तथा शान्ति समाज



बुटवल । मानवअधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बिच भएको सम्झौतामा हतियारको बिषय नै उल्लेख नहुनुमा शंका उब्जिएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सभापति खनालले दुवै पक्षले सम्झौतालाइ रणनैतिक रुपमा प्रयोग गर्न खोजेमा दुर्भाग्यपूर्ण हुने बताए । उनले तीनबुदे सहमति शंकाको घेरामा रहेको भन्दै सहमतिमा हतियार व्यवस्थापनको कुरा प्रष्ट हुनुपर्ने बताए ।

उनले भने—‘सहमति सकारात्मक हो,तर हतियारको बारेमा किन बोलिएन,त्यसैले नागरिक सशंकित छन्,सहमतिलाइ दुबैपक्षले रणनैतिक रुपमा प्रयोग गर्न खोजेमा दुर्भाग्यपूर्ण हुने छ ।’

खनालले हिंसाको राजनीतिको भविष्य नभएको प्रष्ट पारे । पोखरामा फागुन २१ र २२ गते भएको राष्ट्रिय परिषद बैठकले बिभिन्न ८ वटा बुदाहरु पारित गरेको उनले बताए । प्रतिनिधिसभा बिघटन अलोकतान्त्रिक,अदालतले पुर्नस्थापना गरेकोमा धन्यबाद,छोरी पढाऔं अभियान,लागु औषध बिरुद्धको अभियान,सीमा अतिक्रमण बिरुद्धको अभियान ,आणबिक अस्त्र बिरुद्धको अभियान संचालन ,समाजको भवन वा जग्गा खरिदगर्ने लगायतका एजेन्डा पास भएकोे उनले जानकारी दिए ।

खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले हिडीरहेको टिप्पणी गरे ।लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार कमजोर बनाउने जुनसुकै प्रयासविरुद्ध शान्ति समाज उभिने र त्यस्ता प्रयास असफल बनाउने उनले जानकारी दिए । मानवअधिकार तथा शान्ति समाजका रुपन्देही सभापति धनपति खनाल (डीपी)को अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सचिब मिना ढकालले स्वागत तथा रुपन्देही शाखा सचिव कपिल ज्ञवालीले संचालन गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : १२ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा