३ पुस २०८२, बिहिबार | December 18, 2025

एउटा अमला दैनिक खानुहोस, मुटुको समस्याबाट जोगिनुहोस



काठमाडौं । अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ ।

भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ । दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरु पुग्छन ।

मुटुको समस्या

यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

तौल कम

अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

पाचन

अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

कमजोरी

अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

अनुहारमा चमक

यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

राम्रो कपाल

यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

क्यान्सर

अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : २२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन