२० मंसिर २०८२, शनिबार | December 6, 2025

एलपिएल :काठमाडौँको हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा



कैलाली । धनगढीमा जारी लिटरफ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा काठमाडौँकै नेक्सस स्कुललाई चार विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १०४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले पाच विकेट लिए ।

एक सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जीतमा दीपक बोहराले अविजित रहँदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले तीन विकेट लिए ।

खेलको म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसँगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टिमको टुङ्गो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यस्तै आजै भएको अर्को खेलमा कञ्चनपुरको शारदा सरस्वतीले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो । शारदाले दिएको ११७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर तीन बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो ।

स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेनन् ।

स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान चार÷चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाएर ११६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए ।

त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान दुई/दुई विकेट लिए । अब शारदा सरस्वतीले आफ्नो तेस्रो खेलमा भोलि अत्तरियाको होलिल्याण्डसँग खेल्ने छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ४६ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ