४ बैशाख २०८१, मंगलबार | April 16, 2024

मेलम्चीको पानी दुई सातापछि घरघरमा



काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ ।

चैतको दोस्रो साताबाट काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौंवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ ।’’

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो ।

कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाडौं उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ ।

सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ । मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ३६ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता