२ पुस २०८२, बुधबार | December 18, 2025

मानव वन्यजन्तु द्वन्द्व रोक्न ‘हात्ती मेरो साथी’ अभियान सुरु



बर्दिया । बर्दियामा ‘हात्ती मेरो साथी’अभियान सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनिया वन्यजन्तु आरक्षबीच पर्ने खाता जैविकमार्ग क्षेत्रमा सो अभियान सुरु भएको हो । हात्ती र मानवबीचको द्वन्द्व न्युनीकरण गर्ने र हात्तीबाट हुने धनजनको क्षतीकमगर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको हो ।

शान्त स्वभावको हात्ती आहाराको खोजीमा खेतबारीमा आएको समयमा अपनाउनु पर्ने सावधानी नअपनाउँदा धेरै मानिसको मृत्यु हुने गरेको छ । हात्ती लखेट्ने घेरा हाल्ने जस्ता क्रियाकलापले हात्तीले मानिस माथि नै आक्रमण गर्ने गरेको छ । अभियानले हात्तीबाट कसरी सुरक्षित हुने, हात्ती आउँदा के गर्ने के नगर्ने भन्ने बारेमा सचेतना फैलाउने छ । त्यसैगरी हात्तीबाट भएको क्षतिको बारेमा तथ्याङ्क संकलन गर्ने र क्षतिको राहत उपलब्ध गराउन सरकार समक्ष पहल गर्ने अभियानकर्ता तथा उज्यालो नेपालका अध्यक्ष रमेश थापाले बताए ।

मानव र हात्तीबीचको द्वन्द्व न्युनीकरण गर्नका लागि अभियान सुरु भएको बर्दिया राष्ट्रिय निकुञ्जकाप्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । उनले भने –‘क्षतिको दृष्टिकोणले हेर्ने हो भने बर्दिया जिल्लामा हात्तीबाट हुने क्षति नै बढि छ । यसको निकुञ्जका मध्यवर्ती क्षेत्रका सबै स्थानमा यो अभियान सुरु गर्नुपर्दछ ।’ कृषकको अन्नबाली क्षति राज्यले दिने गरेको बताउँदै जनताको ज्यानको सुरक्षाका लागि पनि यो अभियान महत्वपुर्ण रहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

बर्दियामा २०५५ सालयता ३६ जना हात्तीको आक्रमणबाट ज्यान गुमाई सकेकाछन् भने ठुलो मात्रमा घाइतेको संख्या रहेको छ । उनीहरु मध्ये अधिकांश खेतबारीमा अन्न बाली खाइरहेका हात्ती धपाउन जाँदा हात्तीले आक्रमण गरेको निकुञ्जको भनाइ छ ।

यस अघि बर्दियाबाट सुरु भएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान विश्व मै नमुना बनेको छ । अभियान सुरु भएदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी शिकारमा शुन्य सहनशिलताको विकास भएको छ । यस्तै वन्यजन्तुको चोरी शिकारी पनि घटेको देखिन्छ ।

हात्तीको आनीबानी र उनीहरुबाट कसरी सुरक्षित हुने बारेमा सिकाउनका लागि अभियानकर्ताहरुलाई तालिम समेत दिइएको छ । उनीहरुले सिकेका कुरा विद्यालय र समुदायमा पठाएर सुसुचित गराइने योजना रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : ३६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल