२० श्रावण २०८३, बुधबार | August 5, 2026

मानव वन्यजन्तु द्वन्द्व रोक्न ‘हात्ती मेरो साथी’ अभियान सुरु



बर्दिया । बर्दियामा ‘हात्ती मेरो साथी’अभियान सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनिया वन्यजन्तु आरक्षबीच पर्ने खाता जैविकमार्ग क्षेत्रमा सो अभियान सुरु भएको हो । हात्ती र मानवबीचको द्वन्द्व न्युनीकरण गर्ने र हात्तीबाट हुने धनजनको क्षतीकमगर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको हो ।

शान्त स्वभावको हात्ती आहाराको खोजीमा खेतबारीमा आएको समयमा अपनाउनु पर्ने सावधानी नअपनाउँदा धेरै मानिसको मृत्यु हुने गरेको छ । हात्ती लखेट्ने घेरा हाल्ने जस्ता क्रियाकलापले हात्तीले मानिस माथि नै आक्रमण गर्ने गरेको छ । अभियानले हात्तीबाट कसरी सुरक्षित हुने, हात्ती आउँदा के गर्ने के नगर्ने भन्ने बारेमा सचेतना फैलाउने छ । त्यसैगरी हात्तीबाट भएको क्षतिको बारेमा तथ्याङ्क संकलन गर्ने र क्षतिको राहत उपलब्ध गराउन सरकार समक्ष पहल गर्ने अभियानकर्ता तथा उज्यालो नेपालका अध्यक्ष रमेश थापाले बताए ।

मानव र हात्तीबीचको द्वन्द्व न्युनीकरण गर्नका लागि अभियान सुरु भएको बर्दिया राष्ट्रिय निकुञ्जकाप्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । उनले भने –‘क्षतिको दृष्टिकोणले हेर्ने हो भने बर्दिया जिल्लामा हात्तीबाट हुने क्षति नै बढि छ । यसको निकुञ्जका मध्यवर्ती क्षेत्रका सबै स्थानमा यो अभियान सुरु गर्नुपर्दछ ।’ कृषकको अन्नबाली क्षति राज्यले दिने गरेको बताउँदै जनताको ज्यानको सुरक्षाका लागि पनि यो अभियान महत्वपुर्ण रहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

बर्दियामा २०५५ सालयता ३६ जना हात्तीको आक्रमणबाट ज्यान गुमाई सकेकाछन् भने ठुलो मात्रमा घाइतेको संख्या रहेको छ । उनीहरु मध्ये अधिकांश खेतबारीमा अन्न बाली खाइरहेका हात्ती धपाउन जाँदा हात्तीले आक्रमण गरेको निकुञ्जको भनाइ छ ।

यस अघि बर्दियाबाट सुरु भएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान विश्व मै नमुना बनेको छ । अभियान सुरु भएदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी शिकारमा शुन्य सहनशिलताको विकास भएको छ । यस्तै वन्यजन्तुको चोरी शिकारी पनि घटेको देखिन्छ ।

हात्तीको आनीबानी र उनीहरुबाट कसरी सुरक्षित हुने बारेमा सिकाउनका लागि अभियानकर्ताहरुलाई तालिम समेत दिइएको छ । उनीहरुले सिकेका कुरा विद्यालय र समुदायमा पठाएर सुसुचित गराइने योजना रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : ३६ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा