१ पुस २०८२, मंगलबार | December 16, 2025

एमालेका माधव पक्षीय नेताहरु आन्तरिक छलफलमा



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसिरहेको छ ।

काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल होटलमा सो बैठक बसेको हो ।  सर्वोच्च अदालतले नेकपा खारेज गरेर पूर्ववत पार्टी गठन गर्न बाध्य पारेपछि नेकपा एमालेमा फर्किएको नेपाल पक्षका नेताहरु अब कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न अनौपचारिक बैठक बसेका हुन् ।

बैठकलाई शुरूमै वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका छन् ।

पुष ५ गतेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रचण्ड नेपाल पक्ष र ओली पक्षबीच पार्टी विभाजन भएको थियो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेपछि माधव नेपाल समुह प्रचण्ड पक्षबाट विदा भएर एमालेमा फर्किएको थियो । प्रचण्ड पक्ष माओवादी केन्द्रमा फर्किएको थियो ।

एमालेमा फर्किएपनि अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाल र झलनाथ खनालहरुको भेट भएको छैन । नेकपा एमालेको केन्द्रीय कमिटीमा नेपाल पक्षको सम्मानजनक स्थान रहेको छ भने पदाधिकारी, स्थायी कमिटीमा बहुमत रहेको छ । तर, १२० सदस्यीय संसदीय दलमा भने जम्मा ४० जना मात्र सांसद रहेका छन् ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ५१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज