१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमालेका माधव पक्षीय नेताहरु आन्तरिक छलफलमा



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसिरहेको छ ।

काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल होटलमा सो बैठक बसेको हो ।  सर्वोच्च अदालतले नेकपा खारेज गरेर पूर्ववत पार्टी गठन गर्न बाध्य पारेपछि नेकपा एमालेमा फर्किएको नेपाल पक्षका नेताहरु अब कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न अनौपचारिक बैठक बसेका हुन् ।

बैठकलाई शुरूमै वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका छन् ।

पुष ५ गतेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रचण्ड नेपाल पक्ष र ओली पक्षबीच पार्टी विभाजन भएको थियो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेपछि माधव नेपाल समुह प्रचण्ड पक्षबाट विदा भएर एमालेमा फर्किएको थियो । प्रचण्ड पक्ष माओवादी केन्द्रमा फर्किएको थियो ।

एमालेमा फर्किएपनि अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाल र झलनाथ खनालहरुको भेट भएको छैन । नेकपा एमालेको केन्द्रीय कमिटीमा नेपाल पक्षको सम्मानजनक स्थान रहेको छ भने पदाधिकारी, स्थायी कमिटीमा बहुमत रहेको छ । तर, १२० सदस्यीय संसदीय दलमा भने जम्मा ४० जना मात्र सांसद रहेका छन् ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ५१ बजे

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद