१ पुस २०८२, मंगलबार | December 16, 2025

धनगढीमा एमालेका ओली र नेपाल पक्षबीच झडप



धनगढी । धनगढीमा नेकपा एमालेका दुई गुटबीच झडप भएको छ ।

पार्टी कार्यालय स्थापनाको क्रममा एमालेका भीम रावल र कर्णबहादुर थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको हो । भीम रावल नेपाल पक्षधर नेता हुन भने थापा ओली पक्षधर नेता हुन् ।

चटकपुरस्थित तत्कालिन नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा एमालेको बोर्ड राख्ने क्रममा थापा पक्षका कार्यकर्ताले रावलको नेमप्लेट हटाएर लेखराज भट्टको नाम राखेपछि विवाद बढ्दै जाँदा भनाभनको क्रम हात हालाहालमा पुगेको थियो ।

रावल पक्षका कार्यकर्ताले बिहान नेकपा एमालेको बोर्ड र प्रदेश इन्चार्ज रावलको नेम प्लेट झुण्डयाएका थिए । तर, दिउँसो थापा पक्षीय कार्यकर्ताहरु गएर अर्को बोर्ड झुण्डयाएका थिए । उनीहरुले प्रदेश इन्चार्जमा भट्टको नेम प्लेट राखेका थिए ।

सुदुरपश्चिमकै अछाम जिल्लामा रावल र थापा पक्षधरबीच केही समय अघि झडप भएको थियो । धनगढीमा पनि झडप हुनसक्ने भन्दै बिहानैदेखि पार्टी कार्यालय आसपास प्रहरी परिचालन भएको थियो । रावल र थापा पक्षधरबीच सदुरपश्चिममा कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ४१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज