१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

कब्जियत भएको छ भने निको हुन अपनाउनुहोस् यी ५ सरल उपाय



काठमाडौं । कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ ।

लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ । यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् ।

१ सुक्खा जामुन

६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस । पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । तपाईंको जुस तयार भयो ।

२ नासपाती

दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् । नासपातीका सानासाना टुक्रा पार्नुस् र ब्लेन्डरमा पिस्नुस् । पिसेपछि एउटा गिलासमा रस निकाल्नुस् । त्यसपछि गिलासमा कागतीको रस र बीरेनून हाल्नुस् । तपाईंको नासपाती जुस तयार भयो ।

३ स्याउ

एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी लिनुस् । सबभन्दा पहिला स्याउ काट्नुस् र ब्लेन्डरमा पिस्नुस् । त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्नुस् र राम्ररी घोल्नुस् । तपाईंको जुस तयार भयो ।

४ सुन्तला

एक कप सुन्तला र एक चिम्टी बीरेनून ल्याउनुस् । ब्लेन्डरमा सुन्तला हालेर त्यसको रस निकाल्नुस् । त्यसपछि गिलासमा सुन्तलाको रस हाल्नुस् र बीरेनून मिसाउनुस् । सुन्तलाको जुस तयार भयो ।

५ कागती

आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो । एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर मज्जाले घोल्नुस् । कागतीको जुस तयार भयो ।

यी जुसहरूले तपाईंको कब्जियत भगाइदिन्छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ०४ बजे

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने

नेपाली बीमा कम्पनीलाई ग्लोबल कम्पनी बनाउने गरी सहजिकरण गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली

पोखरामा कांग्रेसको आज आमसभा

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

स्थिरता, सुशासन र पूर्वाधार – विष्णु पौडेलको अनुभव, दृष्टि र विकासको दृष्टिकोण

बुटवल । समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र