१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमालेमा चरम अन्तर्संघर्ष : ओलीले खोसे माधव नेपाल पक्षधर नेताहरुको जिम्मेवारी



काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि ब्युँतिएको नेकपा एमालेभित्रको विवाद झन चरमोत्कर्षमा पुगेको छ ।

एमालेमा ओली समुहले एकलौटी निर्णय गर्दै माधव नेपाल पक्षधरहरुको जिम्मेवारी खोसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली निकट केन्द्रीय सदस्यहरुको भेलाले माधवकुमार नेपालसहित नेपाल पक्षीय सबै नेताहरुको जिम्मेवारी खोसेको हो ।

बैठकले महासचिव बाहेक सबै पदाधिकारी खारेज गर्दै नेपाल निकट नेताहरुको जिम्मेबारी खोसेको हो ।

ओली पक्षले माओवादी केन्द्रबाट ओलीसँगै लागेका रामबहादुर थापासहित २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेको छ ।
बैठकले २०७५ जेठ ३ अघिसम्म माधव नेपालले सम्हाल्दै आएको विदेश विभागको जिम्मेवारी खोसेर प्रधानमन्त्रीका विदेश मामिल्ला सल्लाहकार राजन भट्टराईलाई दिएको छ ।

यसैगरी बागमती प्रदेश इन्चार्जमा अष्टलक्ष्मी शाक्यको ठाउँमा माओवादीबाट आएका रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ । सुदुरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टराई नै जिम्मेवारी दिएको छ ।

माओवादी केन्द्रबाट ओली पक्षमा लागेको भट्टलाई ओलीले पुष ५ गतेपछि आफु नेतृत्वको नेकपाको पनि सुदुरपश्चिम इन्चार्ज तोकेका थिए ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेललाई जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश १ को जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ । यसअघि माधव नेपाल निकट भीम आचार्य प्रदेश इन्चार्ज थिए । पार्टीको प्रवक्तामा योगेश भट्टराईको ठाउँमा प्रदीप ज्ञवालीलाई तोकिएको छ ।

बैठकमा एमाले अध्यक्ष ओलीले २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ४७ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री