१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्र र जसपाका नेताहरुबीच पेरिसडाँडामा छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्र र जनत समाजवादी पार्टी जसपाबीच छलफल सुरु भएको छ । सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी ठहर गरेका माओवादी केन्द्र, जसपा र नेपाली काँग्रेसबीच सत्तासाझेदारीबारे छलफल भैरहेको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र पुनर्स्थापित गरिदिएपछि सत्ताको निर्णायक साँचो बनेको जसपाले भने आफ्ना माग जसले पुरा गर्छ उसैसँग सत्ताँ सहकार्य भन्दै एमालेसँग पनि समानान्तर छलफल जारी राखेको छ ।

जसपाभित्र पूर्व राजपा पक्षधर नेताहरुले रेशम चौधरीको रिहाई, संविधान संशोधन लगायतका माग पुरा गरे ओली सरकारलाई समथर्न दिन सक्ने समते जनाउ दिएका छन् । तर, जसपाभित्रको पूर्व समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराईहरुले भने ओलीलाई कुनै हालतमा समर्थन गर्न नहुने अडान राखिरहेका छन् ।

जसपाले निर्णय गर्यो भने कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपाको त्रिपक्षीय गठबन्धनको सरकार बन्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज