१६ असार २०८३, मंगलबार | July 1, 2026

माओवादी केन्द्र र जसपा नेताहरुबीच पेरिसडाँडामा छलफल



काठमाडौं । सत्ता समीकरणका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका नेताहरुसँग छलफल गर्न जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका छन् ।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले नयाँ सत्ता समीकरणका लागि काँंग्रेस र जसपासँग छलफल अघि बढाउने निर्णय गरेको थियो । माओवादी केन्द्रले अन्य दलसँग छलफल गर्न अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई जिम्मा दिएको छ ।

जसपाले भने आफ्ना माग जसले पुरा गर्छ उसैसँग सहकार्य गर्ने नीति लिएको छ । सत्ता समीकरणमा निर्णायक बनेको जसपाका पूर्व राजपा निकट नेताहरुले हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओली निकट एमाले नेताहरुसँग छलफल गरेका थिए । तर, दिउँसो बसेको संसदीय दल बैठकमा त्यसबारे व्यापक आलोचना भएपछि छलफलका लागि कार्यदल बनाउने निर्णय गरेको थियो ।

जसपाका नेताहरुसँग आज पनि एमालेका नेताहरुले छलफल गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : २३ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी