१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्तिको बाटो तर्फ लगेको गौतम नेतृत्वको नेकपा एकता अभियानको निश्कर्ष



काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेपछि प्रचण्ड-नेपाल पक्ष छाडेर पार्टी एकता अभियान तर्फ सक्रिय भएका वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको आरोप लगाएको छ ।

गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई विसर्जनको बाटोमा लगेको निश्कर्ष निकालेको अभियानले एक विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएको छ ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले ओलीले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोस्ने तथा जथाभावी केन्द्रीय सदस्य थप्ने निर्णय गरेको भन्दै ओली कदमले कम्युनिष्ट आन्दोलन धारासायी हुने निश्कर्ष निकालेको छ ।

गौतम नेतृत्वको अभियानले विधान विपरीतका निर्णय सच्याएर सिंगो पार्टीलाई एकताबद्ध बनाइ राख्नका लागि समेत सबैलाई आह्वान गरेको छ ।

एमालेमा ओली र माधव नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेपछि गौतमले यस्तो आह्वान गरेका हुन् ।

तत्कालिन नेकपामा प्रधानमन्त्री ओलीका विरुद्ध बहुमत सहित संगठित रहेका गौतमले विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड-नेपाल पक्ष छाडेर एकता अभियानमा लागेका थिए । बहुमतका लागि निर्णयक बनेका गौतमले सुरुदेखिनै ओली पक्षको चर्को विरोध गर्दै आएपनि ओलीलाई कारवाहीको प्रक्रिया सुरु भएको बैठकहरुमा एकाएक सहभागी नभई एकता अभियान तर्फ लागेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ५४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा