१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रदेश १ प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित



विराटनगर । प्रदेश सभा १ को बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, नेकपा नै खारेज भएको अवस्थामा सो अविश्वासको प्रस्तावको प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारेमा अन्यौल उत्पन्न भएको थियो ।

प्रदेश सभाको यसअघि फागुन ९ गते बसेको बैठकमा अविश्वासको प्रस्ताव टेबल भएको थियो । त्यसपछि फागुन २० गतेका लागि बैठक बोलाइएको थियो । २० गतेको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि नेकपाका सांसदहरु नेकपा एमाले र नेकपामा बाँडिएका छन् । नेकपा एमालेको ओली पक्षले आफ्नो पार्टीका सांसदहरुलाई अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिइसकेको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकाहरुले हस्ताक्षर फिर्ता नलिए कारवाही गर्ने ओली पक्षको तयारी छ ।

तर, माधव नेपाल पक्षका सांसदहरु भने शिर्ष नेतृत्वको निर्देशन पर्खेर बसेका छन् । पार्टीभित्र अध्यक्ष ओलीको चरम पेलानमा परेका माधव झलनाथ पक्षले चैत्र ४,५ मा बोलाएको राष्ट्रिय भेला पछि मात्रै सांसदहरुले के गर्ने भन्नेबारेमा निर्णय गर्नसक्ने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ४४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा