१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको विजेता उपविजेता पुरस्कृत



काठमाडौं । ग्रेट हिमालयन क्रिकेट क्लब नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको विजेता बनेको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासद्वारा आयोजित प्रतियोगिताको उपविजेता एन्जल क्रिकेट क्लब बनेको छ ।

काठमाडौंमा १० दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन आइतबार युवा तथा खेलकुद सचिव केदार न्यौपानेले विजेता र उपविजेतालाई पुरस्कृत गरेका छन् ।

त्यसअवसरमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सचिव न्यौपानेले पाकिस्तानी दूतावासले वार्षिक रुपमा आयोजना गर्ने क्रिकेट प्रतियोगिताले नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहित गरेको बताए ।

न्यौपानेले खेलकुदको क्षेत्रमा पाकिस्तानी ​​दूतावासले गरेका प्रयासहरूको सराहना गरे । खेलकुद आयोजनाले नेपाल र पाकिस्तान र नेपालबीचको दुईपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउने उनले विश्वास व्यक्त गरे ।

नेपालका लागि पाकिस्तानी राजदूत सायद हैदर शाहले दुई देशका युवालाई खेलकुदमार्फत एकजुट गराउने प्रयास जारी रहेको बताए। राजदूत शाहले खेलकुद पाकिस्तान र नेपाली जनताबीचको सम्पर्कको महत्वपूर्ण आधारशिला भएको बताए ।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल पनि उपस्थित थिए । १० दिनसम्म चलेको प्रतियोगितामा १२ वटा क्रिकेट क्लबले भाग लिएका थिए ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : २२ बजे

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २