१० चैत्र २०८२, मंगलबार | March 25, 2026

पार्टीको ढुलमुले नीतिका कारण अलोकतान्त्रिक कम्युनिष्ट सरकार ढाल्ने अवसर गुम्यो : कांग्रेस वरिष्ठ नेता पौडेल



बेनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बिपी कोईरालाले प्रतिपादन गरेको सिद्धान्त र एजेण्डा जनतालाई बुझाउन नसक्दा नेपालमा कम्युनिष्टहरु बढेको बताएका छन् । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैठौं पुन्यतिथिमा आज बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन वरिष्ठ नेता पौडेलले कांग्रेसले बुझाउन नसकेको बिपीको सिद्धान्त र एजेण्डा कम्युनिष्टले प्रचार गरेर दुई तिहाइ नजिकको मत ल्याएको दाबी गरे।

पौडेलले कांग्रेसले यतीबेला पद र प्रतिस्था भन्दा व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताए। ‘लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ।’पौडेलले भने ।

उनले कांग्रेसले कांग्रेसकै सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा उतार्न नसकेको जिकीर गर्दै आफ्नो सिद्धान्त र दर्शन जनतालाई बुझाउन नसक्दा सम्म कांग्रेस पार्टी अगाडि बढ्न नसक्ने बताए । ‘राम्रो सिद्धान्त र व्यवहारिक दर्शन बोकेर पनि कांग्रेस कार्यकर्ताहरु गुपचुप बस्दा कम्युनिष्टले फाईदा उठाए ।’ नेता पौडेलले भने।

उनले कांग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी पार्टी पनि भएको बताउँदै किसानको पार्टी र श्रमिकको साथि कांग्रेस नै भएको ठोकुवा गरे।

पौडेलले कांग्रेसले समयमै राजनीतिक समस्याको निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको बताए।

‘कांग्रेसले ढुलमुल नगरेको भए संघीयसँगै वाग्मती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो भन्दै पौडेलले कांग्रेसको अलमल र ढुलमुलका कारण अलोकतान्त्रिक सरकार ढाल्ने अवसर गुमेको बताए ।

कांग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको बताउँदै उनले पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : १९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण