१० चैत्र २०८२, मंगलबार | March 25, 2026

कांग्रेस, जसपा र माओवादी केन्द्रबीच आज पनि भेटवार्ता हुँदै : के बन्ला त ओली इतर गठबन्धन ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले आज पनि सम्बादलाई जारी राख्ने भएका छन् ।

कांग्रेस भित्र देउवालाई समिकरणको नेतृत्व गर्न दवाव बढेको, जसपा भित्र प्रधानमन्त्री ओली विरुद्धको पल्ला भारी हुँदै गएको तथा माओवादी केन्द्र सुरुदेखि नै ओली सरकार ढाल्ने मनस्थितीमा देखिएका कारण तीन दलहरुका बीचको छलफल सकारात्मक दिशातर्फ अगाडि बढेको नेताहरुले बताएका छन् ।

कांग्रेस भित्र सुरुको अवस्थामा सभापति शेरबहादुर देउवाले ओली निकट रहेको संकेत गरेपनि पार्टीको आन्तरिक दवाव र सर्वोच्चको संसद विघटनलाई बदर गरिदिएपछि भने देउवा ओली निकट देखिएका छैनन् । फैसला आउनु अगाडि देउवाले सरकारको नेतृत्व गर्ने इृच्छा देखाउँदा सरकारमा जान नहुने तर्क गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा लगायतका नेता आजभोलि कांग्रेसले सरकारको नेतृत्व गरेर ओलीले च्यातेको संबिधान कांग्रेसले जोड्नु पर्ने तर्क गर्न थालेका छन् । उनीहरुले देउवालाई नेतृत्वको प्रस्ताव गरिरहँदा देउवाले भने पप्रधानमन्त्री बन्न अनिच्छा देखाए जस्तो गरेका छन् ।

उता ओलीसंग सहकार्य गर्ने पक्षमा देखिएका महन्त ठाकुर, राजेन्द्र महतोको पल्ला कमजोर हुँदै गएको देखिएको छ भने ओली इतरको वकालत गरिरहेका डा. बाबुराम भट्टराई, उपेन्द्र यादवहरुको पल्ला भारी हुँदै गएको छ । आवरणमा जसपाले बिभिन्न माग अगाडि सारेपनि त्यस पार्टी भित्र ओलीको पक्षमा लाग्ने की विपक्षमा भन्ने बिषय नै प्रमुख मुद्दा बनेको छ ।

लगातार केहिदिन देखि सम्बादमा रहेका ओली इतरका तीन दलको संयुक्त बैठक आज पनि बस्न लागेको हो । तीन दलीय बैठकले नयाँ सत्तासमीकरणको नेतृत्व बारे निर्णय गर्ने सम्भावना रहेको छ । यसअघि जसपा र कांग्रेस, जसपा र माओवादी, कांग्रेस र माओवादीबीच पनि दुईपक्षीय छलफल पटक–पटक भइसकेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने सुनिश्चित भएपछि ओलीलाई दिएको समर्थन फिर्ता लिने बताइसेकका छन् । माओवादीले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउँछ ।

त्यस्तै प्रधानमन्त्री ओली पनि माओवादीले साथ छोडेपछि सत्ता जोगाउने उपायहरुको खोजी गरिरहेका छन । यसका लागि प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसंग पटक–पटक वार्ता गरेका छन्। ओलीले सके जसपाको संस्थागत समर्थन लिने नसके जसपा फोडेर भएपनि सत्ता टिकाउने रणनीति अपनाएको घटनाक्रमले देखाएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर निकटस्थ भने उनलाई प्रधानमन्त्री बनाउन तयार भए ओलीसँग सहकार्य गर्न सकिने पक्षमा देखिएको छ । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई भने ओली सरकारको निरन्तरताको पक्षमा देखिएका छैनन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : ५३ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण