६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रपति भण्डारीले लगाइन कोरोना विरुद्धको खोप



काठमाडौं । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाएकी छिन । दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनले कोरोनाविरुद्धको खोप लगाएकी हुन ।

खोप लगाएपछि राष्ट्रपति भण्डारीले भनिन्, ‘विश्व नै कोरोना महामारीबाट आक्रान्त भइरहेको अवस्थामा वैज्ञानिकहरुले लामो समय अध्ययन गरेर कोरोना विरुद्धको खोप ल्याइ परीक्षण गरी नेपालमा पनि उपलब्ध भएको छ ।

नेपाल सरकारले पनि समयमा नै खोप ल्याएर चरणबद्ध रुपमा नागरिकले लगाइ रहेकाछन् । र सरकारको पनि जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले छिमेकी राष्ट्रबाट सहयोग तथा खरिद गरेर खोप ल्याएको छ ।’

छिमेकी राष्ट्र बंगलादेशको भ्रमण गर्नु पर्ने भएकाले यस्तो अवस्थामा कोरोना विरुद्धको खोप नलगाई जाँदा विभिन्न मिश्रित प्रतिक्रिया आउने भएकाले खोप लगाएको उनले बताइन ।

सरकारले गत फागुन २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउँदै आएको छ। फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन ।

यस अघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार, निजामति कर्मचारी लगायतले पनि कोरोनाविरुद्धको खोप लगाइसकेका छन ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : २९ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र