८ चैत्र २०८२, आइतबार | March 22, 2026

राष्ट्रपति भण्डारीले लगाइन कोरोना विरुद्धको खोप



काठमाडौं । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाएकी छिन । दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनले कोरोनाविरुद्धको खोप लगाएकी हुन ।

खोप लगाएपछि राष्ट्रपति भण्डारीले भनिन्, ‘विश्व नै कोरोना महामारीबाट आक्रान्त भइरहेको अवस्थामा वैज्ञानिकहरुले लामो समय अध्ययन गरेर कोरोना विरुद्धको खोप ल्याइ परीक्षण गरी नेपालमा पनि उपलब्ध भएको छ ।

नेपाल सरकारले पनि समयमा नै खोप ल्याएर चरणबद्ध रुपमा नागरिकले लगाइ रहेकाछन् । र सरकारको पनि जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले छिमेकी राष्ट्रबाट सहयोग तथा खरिद गरेर खोप ल्याएको छ ।’

छिमेकी राष्ट्र बंगलादेशको भ्रमण गर्नु पर्ने भएकाले यस्तो अवस्थामा कोरोना विरुद्धको खोप नलगाई जाँदा विभिन्न मिश्रित प्रतिक्रिया आउने भएकाले खोप लगाएको उनले बताइन ।

सरकारले गत फागुन २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउँदै आएको छ। फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन ।

यस अघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार, निजामति कर्मचारी लगायतले पनि कोरोनाविरुद्धको खोप लगाइसकेका छन ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : २९ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल