२२ मंसिर २०८२, सोमबार | December 8, 2025

यस्तो छ रातो खुर्सानी खानुको फाइदा



काठमाडौं । स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । यसैबीच लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ ।

खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु हुन्छ कि हुन्न तर एक अनुसन्धानबाट भने रातो खुसानी खाने मानिसको आयु लामो हुने तथ्य फेला परेको छ ।

अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोधकर्ताहरुले रातो खुर्सानी खाने मानिसको आयू सामान्यभन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका छन् ।

शोधकर्ताका अनुसार रातो खुर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ । उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागको सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए ।

परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित्ते भने ११ हजार मानिसहरु (जसले नियमित खोर्सानी खाँदै आइरहेका थिए) बाँचिरहेका छन् ।

अनुसन्धानमा संलग्न मेडिकल विद्यार्थी मुस्ताफा चोपान र मेडिसिनका प्राध्यापक बेन्जामिन लिट्टेनबर्गले लिएको डाटा संकलनबाट यस्तो तथ्य आएको हो । उनीहरुका अनुसार रातो खुर्सानी खानेमा युवा उमेरका व्यक्ति, पुरुष, मेक्सिकन,अमेरिकन नागरिकहरु रहने गरेका छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : २२ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन