१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

दलीय सहमतिको पर्खाइमा अध्यादेश



काठमाडौं । जनीतिक दलहरूबीच सदन सञ्चालनका विषयमा समझदारी बन्न नसक्दा अधिवेशनको पहिलो बैठकमै पेस हुनुपर्ने सातवटा अध्यादेश रोकिएका छन् ।

विवादास्पद मानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस भइसके पनि अन्य अध्यादेश दलीय विवादको चपेटामा परेका हुन् । एसिड आक्रमणमा हुने सजाय बढाउने, तेजाबलगायतका घातक रासायनिक पदार्थ खरिदमा नियमन गर्ने अध्यादेशहरू जनदबाबपछि ल्याइएका थिए । दलीय विवाद हुँदा ती अध्यादेश अधिवेशन प्रारम्भ भएको एक सातापछि पनि पेस हुन सकेको छैन ।

सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि मङ्गलबारको बैठकमा अध्यादेश पेस गर्नेबारे कुनै ठोस सहमति जुटाउन सकेन । प्रतिनिधि सभा नियमावली निलम्बन गरेर ती अध्यादेश पेस हुनुपर्ने अवस्थामा छन् । मङ्गलबार पनि अध्यादेश पेस हुने नहुने अनिश्चित छ । अध्यादेश पेसबारे पनि दलहरूबीच एकअर्कामा आरोप प्रत्यारोप छ ।

मङ्गलबारको बैठकमा अध्यादेश पेस नहुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने , “कार्यव्यवस्था सदनलाई कसरी चलाउने भन्ने विषयमा केन्द्रित भयो । भोलिको बैठकमा अध्यादेश अगाडि बढ्नेछैन । साथै दलीय आधारमा शीर्ष नेताहरूको सम्बोधन पनि मङ्गलबारपछिको अर्को बैठकमा मात्र हुनेछ ।” प्रतिपक्षी दल जनता समाजवादी पार्टीका सांसद उमाशङ्कर अरगरियाले आवश्यक समन्वय गरेर अध्यादेश अगाडि बढाउन सभामुखलाई राय दिएको जानकारी दिए ।

बैठकपछि अरगरियाले भने , “पहिलो दिन नै अध्यादेश पेस हुनुपथ्र्यो । विवादले हुन सकेन । अब नियम निलम्बनको विकल्प छैन । विवादित अध्यादेश पेस भइसकेको छ । बाँकी अध्यादेशलाई विरोध गर्नुपर्ने अवस्था पनि छैन तर पेस हुन सकेका छैनन् । हामीले सभामुखलाई आवश्यक समन्वय गरेर अगाडि बढाउन सुझाव दिएका छौँ ।”

दलीय विवाद हुँदा सातवटा अध्यादेश पेस हुन सकेका छैनन् । प्रतिनिधि सभा नियमावलीको नियम ९३ अनुसार अधिवेशनको पहिलो बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ । पहिलो बैठकमा पेस नभएपछि नियम निलम्बन गरेर मङ्गलबारको बैठकमा पेस गर्ने तयारी गरिए पनि समझदारी बनेको छैन । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ०८ बजे

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले