६ श्रावण २०८३, बुधबार | July 22, 2026

पोखरामा शाइन रेसुङ्गा बैंकको शाखा सञ्चालन



बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुङ्गाले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो ।

यौसंगै बैंकको शाखा संख्या ७७ पुगेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै निर्देशक भट्टराईले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बृद्धि गरी अर्थतन्त्रमा टेवा पु¥याउन सुझाव दिए ।

उनले बजारको गहिरो अध्ययन गरेर लगानी गर्न र डिजिटल बैकिङलाई प्राथमिकता दिन पनि सुझाव दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको बताए ।

बैंकले सबैसंग हातेमालो गरेर गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउने बताए । गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने बताए ।

देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंक मध्ये शाइन रेसुङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ०४ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक